सर्पको टोकाइबाट एक महिलाको मृत्यु

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

death snake

सर्लाही । सर्लाहीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ।

हरिवन नगरपालिका–११ बालुवाटारमा स्थानीय ३५ वर्षीय श्याम कुमारी महतोलाई शुक्रबार दिउँसो सर्पले टोक्दा मृत्यु भएको हो।

स्थानीय भीमप्रसाद दाहालको निर्माणधीन घरमा ठेकदारसँग काम गर्न गएका बेला महतोलाई गोमन सर्पले टोकेको थियो।

काम गर्ने क्रममा गोमन सर्पले टोकेपछि गम्भीर बिरामी भएकी महतोलाई उपचारको लागि सर्प दंश अस्पताल नवलपुर लगिएको थियो। तर सोही अस्पतालले थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा रिफर गरेको थियो। सोही अस्पतालमै शुक्रबार राति ११ बजे मृत्यु भएको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ