बेलायती महारानीको निधनमा नेपालमा ३ दिन शोक

बेलायती महारानीको निधनमा नेपालमा ३ दिन शोक

Queen-Elizabeth-IIs-death

काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनमा नेपाल सरकारले ३ दिन शोक मनाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्धितीयको निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ ।

महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

‘संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ दृतियको ९६ वर्षको उमेरमा २०७९ भदौ २३ गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै स्वर्गीय महारानीको दिगंवत आत्माको चिरशान्तिको कामना गर्दछ । यस दुखःद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ,’ सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds