पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नम्बर ३ बाट मंसिर ४ गते हुन लागेको आसन्न प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सर्वसम्मत रुपमा ३ जनाको नाम सिफारिश भएको छ । त्यस्तै सोही क्षेत्रबाट समानुपातिक उम्मेदवारका लागि ११ जनाको नाम सिफारिश भएको छ ।
कास्की क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिश हुनेहरुमा प्रतिनीधिसभाका लागि जिल्लाका निवर्तमान उपाध्यक्ष जगत प्रसाद सुवेदी, प्रदेशसभा ‘क’ का लागि जिल्ला सदस्य मैतलाल गुरुङ र प्रदेशसभा ‘ख’ का लागि क्षेत्रीय सदस्य हरिराम भण्डारी रहेका छन्।
त्यस्तै प्रतिनीधिसभा समानुपातिक तर्फ केन्द्रिय सदस्य कुल बहादुर गुरुङ ‘कुलु’, महेन्द्र गोपाल थापा, दिल कुमारी अधिकारी र कृष्ण कुमारी सुवेदी गरि ४ जनाको नाम सिफारिश भएको छ । प्रदेशतर्फ समानुपातिकमा बरुण बिक्रम राणा, केदारनाथ पौडेल, गोपाल थापा मगर, बिजुली प्रसाद गुरुङ, मिन प्रसाद लामिछाने, जीवन कुँवर र भोलाजंग सुवेदी गरि ७ जना को नाम सिफारिश भएको राप्रपा कास्की क्षेत्र नम्बर ३ का अध्यक्ष तिर्थराज सुवेदीले जानकारी दिएका छन् ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते