निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय समितिको आयोजनामा विद्यालय स्तरीय राष्ट्रिय लोक नृत्य प्रतियोगिताको फाइनल राउन्ड यही भाद्र २५ गते पोखरा सभागृहमा हुने भएकाे छ ।
देश भरिका ६ हजारभन्दा बढी विद्यालयका बिचमा असार महिनाको अन्तिम हप्तादेखि सुरूमा पालिका स्तरमा, त्यसपछि जिल्ला स्तरमा र भाद्र महिनाको दोस्रो हप्ता प्रदेश स्तरमा छनौट प्रतियोगिताहरु सम्पन्न भइसकेका छन् ।
अब फाइनल राउन्डको लागि देश भरिका सातै प्रदेशबाट १–१ वटा उत्कृष्ट समूहले प्रतिस्पर्धा गर्ने छन् । उक्त कार्यक्रममा प्रदेश १ मोरङबाट सिद्धार्थ सेकेन्डरी स्कुल, मधेश प्रदेश धनुषाको चिल्ड्रेन्स गार्डेन बोर्डिङ स्कुल, बागमती प्रदेश धादिङको एडभान्स एकेडेमी, गण्डकी प्रदेश कास्कीको कुमुदिनी होम्स्, लुम्बिनी प्रदेश रुपन्देहीको कुमरावती इङ्लिस स्कुल, कर्णाली प्रदेश सुर्खेतको इन्टरनेशनल कोअपरेटिभ स्कुल र सुदुर पश्चिम प्रदेश कैलालीको वेस्टर्न कृष्टल एकेडेमी बिच प्रतिष्पर्धा हुनेछ भने कास्कीका सरस्वती आदर्श विद्याश्रम, मेरिगोल्ड बोर्डिङ स्कुल र स्याङ्जाको भूपू सैनिक बोर्डिङ स्कुलले अप्रतियोगीका रूपमा नृत्य प्रस्तुत गर्ने छन् ।
शनिबार हुने फाइनल प्रतिस्पर्धामा प्रथम समूहलाई रु १ लाख, द्वितीय समूहलाई रु ७५ हजार, तृतीय समूहलाई रु ५० हजार र सान्त्वना अनि अन्य ४ समूहलाई रु २५–२५ हजार नगद, प्रमाण पत्र र टफी प्रदान गरिने प्याब्सन केन्द्रीय उपाध्यक्ष एवम् अतिरिक्त क्रियाकलाप संयोजक वीरबहादुर बुढाथोकीले बताए ।
यस्तै, राष्ट्रिय लोक नृत्य प्रतियोगिताको पूर्व सन्ध्यामा प्याब्सन केन्द्रीय कार्यसमितिको तेस्रो पूर्ण कार्य समितिको बैठक यही भाद्र २४ गते पोखरामा बस्न लागेको प्याब्सन केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेश इन्चार्ज कृष्ण के.सी.ले जानकारी दिए ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते