काठमाडौं । एप्पलले आईफोन १४ को चार वटा सिरिज सार्वजनिक गरेको छ।
गएराति ‘फार आउट’ इभेन्ट मार्फत एप्पलले आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स गरी चार वटा मोडल सार्वजनिक गरेको हो।
त्यस्तै कम्पनीले एप्पल वाच अल्ट्रा र एप्पल वाच एसई पनि सार्वजनिक गरेको छ।
यो सिरिजका फोनमा भौतिक सिम लाग्ने छैन। तर, भौतिक सिम नलाग्ने फोन सुरूवाती चरणमा अमेरिकामा मात्र उपलब्ध हुनेछ । ई-सिम प्रयोग गर्न सकिने भएपछि भौतिक सिम लिन पसलमा जानैनपर्ने कम्पनीले जनाएको छ।
ई-सिमका माध्यमबाट मोबाइल डेटा तथा सेवाहरू भौतिक सिम प्रयोग नगरी उपयोग गर्न सकिन्छ। ई-सिम प्रचलनमा ल्याउन कम्पनीले यो सेवा अमेरिकाबाट सुरु गरेको बताएको छ।
आईफोन १४ को मूल्य करिब १ लाख १ हजार रुपैयाँ (७९९ डलर) तोकिएको छ।
त्यस्तै आईफोन १४ प्लसको मूल्य करिब १ लाख १३ हजार ८ सय रुपैयाँ (८९९ डलर) रहेको छ।
त्यसैगरी आईफोन १४ को प्रो र प्रो म्याक्स मोडलको मूल्य क्रमशः करिब १ लाख २६ हजार ५ सय रुपैयाँ (९९९ डलर) र करिब १ लाख ३९ हजार २ सय रुपैयाँ (१०९९ डलर) तोकिएको छ।
आईफोन १४ को बेस मोडल वा प्लस मोडल मिडनाइट, स्टारलाइट, निलो, रातो र सेतो गरी पाँच रङमा उपलब्ध छन्।
यस्तै प्रो र प्रो मोडल ब्ल्याक, गोल्ड, सिल्भर र बैजनी रङमा उपलब्ध छ।
आईफोन १४ र आईफोन प्लस मोडलमा १२ मेगापिक्सलको दुई वटा क्यामरा सेन्सर दिइएको छ। आईफोन १४ प्रो मोडलमा अलवेज अन डिस्प्ले लगायत विशेषता रहेको छ।
यसैगरी आईफोन प्रोमा ४८ एमपीको प्राइमरी क्यामरा लगाइएको छ भने आईफोन प्रो र आईफोन १४ प्रो म्याक्समा १ टीबीको स्टोरेजको अप्शन लगायतका विभिन्न विशेषता समेटिएको छ।
सम्बन्धित खबर
बढ्यो सुनचाँदीको मूल्य
सुनको मूल्य ११ सय रुपैयाँले बढ्यो
सुन प्रतितोला १२ सयले बढ्यो
सुनको मूल्य तोलामा २ हजार ७ सयले घट्यो
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
सुनको मूल्य तोलाको १ लाख ७० हजार नाघ्यो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो