पोखरा । पोखरेली उद्योगी व्यवसायीका छाता संस्था हो, पोखरा उद्योग वाणिज्य संघ । भदौ २४ र २५ गते संघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेशन हुँदै छ । नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल प्यानल चुनाव प्रचार गर्न घरदैलोमा छ । शुक्रबार र शनिबार अधिवेसन हुँदैछ । उद्योग वाणिज्य संघले बुधबार उम्मेद्वार परिचय कार्यक्रम राखेको थियो । उम्मेद्वार परिचय कार्यक्रममा पोखरेल प्यानलका सबै उम्मेद्वारले आफ्नो प्रतिबद्धता सुनाए ।
अध्यक्षका उम्मेद्वार अर्जुन पोखरेलले आफू निर्वाचित भए उद्योगी व्यावसायीको समस्या समाधानका लागि पैरवी गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । ‘देशमा तीन तहको सरकार छ । निजी क्षेत्र विभिन्न महामारीका कारण विस्थापित हुँदैछ,’ उनले भने, ‘छाता संस्थाले दुख परेका बेला उद्योगी व्यवसायीको पक्षमा काम गर्नैपर्छ । सरोकारवाला निकाय र निजी क्षेत्रको पुलको रुपमा मैले काम गर्नेछु ।’
आफ्ना चुनावी घोषणा पत्रमा भएका ८ वटा बुँदा अक्षरंश पालना गर्ने उनले बताए । ‘युवा टीमको नेतृत्व गर्न पाउँदा खुशी लागेको छ । हाम्रो समूहका सबै उम्मेद्वार उद्योगी व्यवसायीको समस्या बुझ्न सक्ने खालको हुनुहुन्छ,’ उनी भन्छन्, ‘जीतेर गएपछि घोषणापत्र अनुसार काम गर्छौं । एक पटक विश्वास गरिदिनुस् ।’ २०११ सालदेखि अग्रजहरुले जोगाएको विरासत कायम गर्दै आफ्नो तर्फबाट अझ उचाई थप्ने पोखरेको दावी छ ।
पोखरेल प्यानलमा अनुभवी र सक्रिय युवाहरु सम्मिलित रहेको भन्दै बरिष्ठ उपाध्यक्षका उम्मेद्वार हरिहर सापकोटाले आफ्नो प्यानलको विकल्प नभएको बताए । ‘निर्वाचन जितेपछि हाम्रो लक्ष्य भनेकै उद्योगी व्यावसायीको हित हो । हामी साझा भएर काम गर्ने छौं,’ उनले भने, ‘संघको भवन जीर्ण छ । यसलाई सुविधासम्पन्न कम्प्लेक्स बनाउछौं ।’ अघिल्ला कार्यकालहरुमा पनि विभिन्न समितिमा बसेर काम गरेको अनुभव सुनाउँदै उनले विगतका सिकाईलाई कार्यान्वयन गर्ने बताएका छन् ।
उद्योग तर्फका उपाध्यक्ष उम्मेद्वार देवेन्द्र केसीले कोरोनाले थलिएको व्यावसालाई उकास्ने गरी कार्यक्रम बनाउने बताए । उद्योग व्यावसाययमा युवा आकर्षण गर्ने कार्यक्रम ल्याएर विदेश पलायन भएका युवा शक्तिलाई नेपालमै राख्न पहल गर्ने उनको भनाई छ । उनले पर्यटन, उद्यमशिलता र स्वरोजगार लगायतको प्रवद्र्धन गर्ने उद्देश्य उल्लेख गरे ।
वाणिज्य तर्फकी उपाध्यक्ष कुमारी मुना बास्तोलाले पदाधिकारी तहमा महिला नेतृत्वको खाचों महसुस गर्दै उम्मेद्वारी दर्ता गरेको बताईन् । आफु महिला भएको कारण पनि विजयी भएमा महिला उद्योगी व्यावसायीको समस्यामा बढी केन्द्रित रहने उनको भनाई थियो । महिला उद्योगी व्यवसायीहरुको क्षमता अभिवृद्धीको लागि सरकारसंग सहकार्य गर्दै अगाडी बढ्ने आफ्नो योजना रहेकोले मत दिन आग्रह गरिन् ।
महासचिव केशवबहादुर खत्रीले संस्थागत विकासमा जोड दिएका छन् । ‘कार्यालय व्यवस्थापन चुस्त बनाउनु छ । सबैले खोज्दा भेट्ने संघ हामी निर्माण गर्छौं,’ उनले भने, ‘हाम्रो कार्यकालमा संघको गरिमा उँचो हुनेछ । अग्रजको योगदानको साख गिर्न दिने छैनौं ।’ कोषाध्यक्ष तर्फका उम्मेद्वार हरिराज पन्तले संघ सबै उद्योगी व्यवसायीको अभिभावक संस्थाका रुपमा स्थापित गर्ने बताए । ‘लगानीका हिसावले सानो ठूलो भन्दैनौं । सबैलाई सम्मान गर्छौं । संघको आर्थिक अवस्था सुधार्न मेहनत गर्छौं,’ उनले भने ।
संघको सचीवालयलाई सुदृढ गर्दै सदस्यहरुको संरक्षण र हितका कार्यक्रममा आफु केन्द्रित हुने उप महासचिव उम्मेद्वार हर्कबहादुर अधिकारी ‘मिरज’ ले बताए । पोखरेल टीमका सदस्यहरु भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले पनि विभिन्न संघ संस्थासँगको सहकार्यमा विशेष कार्यक्रम ल्याउने र उद्योगी व्यवसायीको हीतमा पैरवी गर्ने बताए । बुधबार पनि टोलीले महेन्द्रपुल, बास्तोलाथर, नयाँ बजार लगायत क्षेत्रमा घरदैलो गरेको थियो ।
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर