पोखरा । पोखरा महानगरपालिका ३ स्थित नदीपुरमा क्लबस्तरीय पुुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (बुधबार) देखि क्लबस्तरीय भलिबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलबाट आयोजक टोलीले घलेल युवा क्लबलाई पराजित गर्दे सुखद सुरुवात गरेको छ ।
आयोजकले घलेल युवा क्लबलाई २५–१३, १९– २५ र २५–१७ को अंकसहित २–१ को सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए । उनका अनुसार अर्काे खेलमा नेपाल प्रहरी प्रशिक्षण केन्द्र पोखराले भुक देउराली क्लब पर्वतलाई १७–२५, २५–२१ र २५–१७ को अंकसहित २–१ सेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्याे ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले नवौं राष्ट्रिय खेलकुदको प्रवद्र्धन गर्ने धारणा राखे । ‘आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा ३९ वर्षपछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुदैं छ, उनले भने, ‘त्यो प्रतियोगिताको लागि यस खेलले पर्वद्धन गर्न सघाउ पुर्याउनेछ ।’
उनले पछिल्लो समय भलिबल खेलको विकास भएको बताउदै स्थानीय स्तरको खेलाडी उत्पादन टेवा पुग्ने बताए । ‘यस्तो खालको प्रतियोगिताहरु भयो भने उदीयमान खेलाडीहरुले आफ्नो खेल कौशल देखाउन मौका पाउँछन् र माथिल्लो स्तरको प्रतियोगिता सम्म खेल्ने हैसियत बनाउँछन् त्यसैले प्रतियोगिताहरु भइरहन आवश्यक छ ।’ उनले भने ।

उनले आवश्यक परेको खण्डमा रंगशालमा निर्मित बहुउद्देश्य कभर्ड हल प्रयोग गर्न सक्नेसमेत बताए । ‘तपाइहरुले अरुबेला पनि केही खेलहरु आयोजना गर्नुहुन्छ भने । रंगशालामा कभर्डहल बनेको छ, गुरुङले भने, ‘घामपानी केहीको पनि पिरलो हुँदैन । त्यसको प्रयोग गर्न चाहनुभयो भने हामीलाई सम्पर्क गनुस् । सहजै उपलब्ध गराउनेछौं ।’
उनले आयोजक संस्थालाई आगामी दिनमासमेत सहयोग गर्ने बताउदै उक्त प्रतियोगिताका लागि ३० हजार सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
क्लबका अध्यक्षका कुशल प्रसाद छन्त्यालका अनुसार आगामी २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष छन्त्यालले जानकारी दिए ।
उक्त प्रतियोगितामा पुरुषतर्फ कुल २२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो