पोखरा । पोखरामा सम्पन्न भएको प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता–२०७९ को उपाधि काठमाण्डौंका राजन लामाले जितेका छन्। मंगलबार भएको फाइनल खेलमा लामाले आफ्ना निकतम प्रतिद्धन्दी काठमाण्डौंकै मिलन तामाङलाई वेष्टअफ थट्टीनमा ७–३ को स्कोरले पराजित गर्दै उपाधि जितेका हुन्।
प्रतियोगिताको बिजेतालाई १ लाख ५१ हजार १ सय ११ रुपैयाको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । त्यसै गरी उपविजेतालाई भने ७१ हजार १ सय ११ रुपैयाको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।
प्रतियोगितामा सेमिफाईनबाट यात्रा टुगाएका काठमाण्डौंका अजय सुनार र पोखराका दीपेश क्षेत्रीलाई आयोजकले प्रोत्साहन स्वरुप जनही १५ हजार १ सय ११ नगदका साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । सेमिफाइनलमा राजनले दीपेस र अर्को खेलमा भने मिलनले अजयलाई पराजित गरेका थिए ।
त्यस्तै प्रतियोगिताको हाई हाईयस्ट ब्रेकरमा काठमाण्डौंका आले वाङचुक घोषित भए । उनलाई उपाधिको साथमा क्यू, क्यू वक्स, ट्रफी, मेडल र प्रमाण पत्र वितरण भएको थियो । प्रतियोगितामा पोखराका दीपेस क्षेत्री नवप्रतिभा खेलाडीको रुपमा घोषित भए । विजयी खेलाडीहरुको टोलीलाई पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा ५ का वडा अध्यक्ष बिष्णुप्रसाद बराल, बुद्धमार्ग टोल सुधार समितिका अध्यक्ष एव ंपृथ्बी राजमार्ग बस संचालक कम्पनीका पुर्व अध्यक्ष ऐन कुमार शाही, नेपाल विलियर्ड स्नोकर संघका केन्द्रिय कोषाध्यक्ष गंगााम श्रेष्ठ लगायतले वितरण गर्नु भएको थियो ।
प्रतियोगितामा काठमाण्डौं, भक्तपुर, ललितपुर, वुटवल, चितवन लगायतको क्षेत्रबाट १ सय ६ जना खेलाडीहरु सहभागि भएका थिए । देविज स्नुकर क्लबको आयोजनामा यही भदौं १२ देखि २१ गतेसम्म पोखरामा पहिलो पटक संचालन भएको प्रतियोगिताका संयोजक शंकर गुरुङले बताए । राष्ट्रिय प्रशिक्षक संजयकुमार मुल्मीले यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा मद्धत पुग्ने विश्वास व्यक्त गर्नु भयो । आगामी करिब २ महिना पछि बंगलादेशमा हुने साफ च्याम्पियनसिपमा विजेता खेलाडीको साथमा नेपालका एक नम्बरमा पर्न सफल खेलाडी रेगन श्रेष्ठ सहभागि हुने भएको संघले जनाएको छ ।
पोखरामा करिब ७० वटा पुल क्लवहरु भए पनि कास्कीको संघमा भने करिब १८ वटा मात्र क्लवबहरु आवद्ध भएको क्लवका प्रथम उपाध्यक्ष राजु गुरुङले बताए । सो प्रतियोगिता सफल पार्न १८ लाख २८ हजार खर्च हुने तथा २१ लाख ५० हजार आम्दानी हुने लक्ष्य राखिएको प्रतियोगिताका अर्थ संकलन संयोजक प्रदीप रसाइलीले बताए । पोखरा क्षेत्रमा करिब एक सय ५० भन्दा बढी स्नुकर खेल्ने खेलाडी भए पनि र्याङकीङमा पर्ने ३२ जना खेलाडीहरु रहेको संघका महासचिव सविन जिसीले बताए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने