पाेउवा संघ महाधिवेशनः वस्तुगत संघहरुलाई भेट्दै प्रजापति समूह

पाेउवा संघ महाधिवेशनः वस्तुगत संघहरुलाई भेट्दै प्रजापति समूह

pawan prajapati 21

पोखरा । पवनकुमार प्रजापति समूहले विभिन्न व्यवसायिक संगठनहरुसँग भेटघाट शुरु गरेको छ । बस्तुगत व्यवसायीहरुको संगठनमा आबद्ध व्यवसायीहरुलाई एकमुस्ट रुपमा भेटेर समूहले आफ्नो पक्षमा मत मागिरहेको छ । सोमबार भाँडा व्यवसायी संघ पोखरामा आबद्ध व्यवसायीहरुलाई संस्थागत रुपमा भेटेर पवनकुमार प्रजापति समूहले आफ्नो पक्षमा मत माग्यो ।

भेटको क्रममा संघमा आबद्ध उद्योगी व्यवसायीहरुलाई संस्थागत रुपमै सहयोग गर्ने वचन समेत दिएको थियो । भाँडा व्यवसायी संघ पोखराका अध्यक्ष कविन्द्रमान पालिखेले संस्थागत रुपमै अध्यक्षमा पवनकुमार प्रजापति र उनको समूहलाई संघले सघाउने प्रस्ट पारे । लामो समयदेखि अनुभव बटुल्दै क्रमैसँग नेतृत्वको दाबी गर्न आउनुभएका प्रजापतिलाई नै हाम्रो संघले समर्थन गर्ने कुरा म जानकारी गराउन चाहन्छु । एक कार्यक्रमका बीच पालिखेले भने सहि नेतृत्व र सबल नेतृत्वलाई हामीले समर्थन नगर्ने कुरै भएन । उनले अन्य वस्तुगत संघसंस्थालाई पनि पवनकुमार प्रजापति र उनको समूहलाई सहयोग गरि जिताउन उनले आग्रह गरे ।

कार्यक्रमका बीच भाँडा उद्योगी समेत रहेका भााँडा व्यवसायी संघका संस्थापक अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पुर्व वरिष्ठ उपाध्यक्ष रविन्सन प्रजुले पवनकुमार प्रजापति निर्विरोध अध्यक्ष हुनुपर्ने व्यक्ति भएको दाबी गरे । हामीले थुप्रै कोशिष गर्दा पनि केही व्यक्तिहरुको अस्वभाविक महत्वकांक्षा र बालहठका कारण पवनकुमार प्रजापतिलाई निर्विरोध अध्यक्ष बनाउन सकेनौँ । तैपनि हामी मतदान प्रकृयामा गएर बालहठलाई हराउन जरुरी छ । स्वभाविक रुपमा अध्यक्ष प्रजापति नै भएको बताउँदै उनकै पक्षमा व्यवसायीहरु एकजुट हुन उनले आह्वान गरे । कार्यक्रमका बीच पवनकुमार प्रजापति र उनको समूहले आफ्ना कार्ययोजना सुनाउँदै उद्योगी व्यवसायीहरुलाई मत मागेका थिए ।

यसैगरि मंगलबार पवनकुमार प्रजापति र उनको समूह सिद्घार्थचोक, बगालेटोल, आलुमाईला चोक, ह्वाईट हाउस पार्टी प्यालेस हुँदै सृजनाचोकसम्म घरदैलो गरि मत मागेका थिए । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशन भदौ २४ र २५ गते हुँदैछ । महाधिवेशनमा पवनकुमार प्रजापति प्यानलबाट वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै. सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds