मुख्यमन्त्रीका दाबेदार किरण गुरुङ संघमा सिफारिस

मुख्यमन्त्रीका दाबेदार किरण गुरुङ संघमा सिफारिस

Kiran gurung

file photo

तनहुँ । नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङलाई संघीय सांसदका लागि सिफारिस गरिएकाे छ । नेकपा एमाले तनहुँकाे प्रदेश समन्वय कमिटीले गुरुङलाई संघीय संसदमा उठाउने गरी सिफारिस गरेकाे छ ।

यसअघि निर्वाचनमा गण्डकी प्रदेशकाे मुख्यमन्त्री बन्ने दावीसहित प्रदेश सभा सदस्य निर्बाचन लडेका किरण यसपटक प्रतिनिधिसभामै उठ्ने भएका हुन् । गण्डकी प्रदेश सरकारमा अर्थमन्त्री रहेर काम गरेका गुरुङ तनहुँ जिल्लामा एमालेकाे सबैभन्दा शीर्ष एवं लाेकप्रिय नेता हुन् ।

०७४ काे निर्वाचनमा एमालेले मुख्यमन्त्रीका उमेद्वारका रुपमा किरण गुरुङलाई प्रदेश सभा सदस्य लड्न पठाएपनि तत्कालिन एमाले सचिव पृथ्वीसुब्बा गुरुङलाई मुख्यमन्त्री बनाएर किरण गुरुङलाई दाेश्राे वरियतासहित अर्थमन्त्री बनाएकाे थियाे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds