पोखरा उद्योग वाणिज्य संघमा कडेंल निर्विरोध

पोखरा उद्योग वाणिज्य संघमा कडेंल निर्विरोध

ram Photo2 (1)

पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा विभिन्न पदमा निर्वाचन हुँदैछ । कार्यसमिति सदस्य कर्पोरेट तर्फ  व्यवसायी रामप्रसाद कडेंल निर्विरोध चुनिएका छन् ।

विगत नौ वर्षदेखि विभिन्न व्यवसायमा संलग्न हुदैं आएका कडेंल आफ्नो व्यवसाय मार्फत हजारौं युवालाई रोजगारी दिदैं आएका छन् । कर्तव्यनिष्ठ र सृजनशील युवा कडेंलले आफ्नो व्यवसाय मार्फत पोखराका विभिन्न क्षेत्रहरुमा उत्कृष्ट सेवा प्रदान गर्दै आएका छन् ।

कडेंलको प्रमुख व्यवसाय अन्तर्गत चौतारी बुटिक होटल, इजि फ्यासिलिटिज प्रा.लि, इजि ट्रेडिङ्ग प्रा.लि तथा गोर्खाल्याण्ड सेक्युरिटी गुप्र रहेका छन् । पोखरा विश्वविद्यालयबाट स्नातकोत्तर योग्यता हासिल गरेका कडेंल विभिन्न संघ तथा संस्थामा आबद्ध रहेका छन् ।

हाल लायन्स क्लब अफ पोखरा गार्डेनका अध्यक्ष समेत रहेका कडेंल उठ युवा जाग अब (Come On Youth Stand Up, CYSU) अभियान, मातृभूमिका लागि नेपाली जस्ता सामाजिक अभियानमा समेत नेतृत्वकारी भूमिकामा रहेका छन् ।

उद्योग व्यवसायीहरुका हकहित, संघको विकास तथा समग्र पोखरेलीहरुको जीवन उकास्नको लागि सक्दो प्रयास गर्ने कडेंलले जनाएका छन् ।

कडेंलसँगै कर्पोरेट सदस्यमा बन्दना कार्की पनि निर्बिरोध भएकी छन् । उनले युनाईटेड मर्दि हाइड्रोपावर कम्पनीको तर्फबाट मनोयन दर्ता गराएकी थिइन् । अन्य पदाधिकारी तथा सदस्यहरुमा निर्वाचन हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ