पोखराकाे केफ माविका तीन विद्यार्थी व्यवस्थापन र कानुन संकायमा कास्कीकै उत्कृष्ट

पोखराकाे केफ माविका तीन विद्यार्थी व्यवस्थापन र कानुन संकायमा कास्कीकै उत्कृष्ट

KEF

पोखरा । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षामा पोखरा महानगरपालिका वडा नं. १ सिम्पानीस्थित करुणानीधि एजुकेशन फाउण्डेशन (केफ) माविका तीन विद्यार्थी कास्की जिल्लामै उत्कृष्ट भएका छन्।

सो विद्यालयबाट २०२ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । जसमा व्यवस्थापन संकायतर्फ एक र कानून संकायतर्फ दुई विद्यार्थीले कास्कीमै प्रथम स्थान हासिल गरेकाे विद्यालयकाे दाबी छ ।

केफका साहिल गुरुङले व्यवस्थापनतर्फ ३.७५ जिपिए प्राप्त गरी कास्की मै प्रथम भएको विद्यालयले दाबी गरेकाे हाे ।

यसैगरी कानून संकायतर्फ आकृति पराजुली र स्वेच्छा गौतमले ३.६२ जिपिए ल्याएर कास्की प्रथम भएको विद्यालयका कार्यालय निर्देशक मुक्तिराम अधिकारीले जानकारी दिए ।

कानूनमै एक विद्यार्थीले कास्कीमै द्वित्तीय स्थान हासिल गरेका छन् । सोही विद्यालयबाट नौ विद्यार्थी ३.६ देखि ३.५ जिपिए, ७६ जना ३.२ देखि ३.६ जिपिए, ८१ जना २.८ देखि ३.२ जिपिए, २५ जना २.३९ देखि २.८ जिपिएसम्म अंक ल्याएर उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ