राजेन्द्र लिङ्देनद्वारा सांसद पदबाट राजीनामा

राजेन्द्र लिङ्देनद्वारा सांसद पदबाट राजीनामा

rajendra-lingden

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन्।

भर्खरै शुरु भएको प्रतिनिधिसभा बैठकको शुरुमै विशेष समय माग्दै रोष्ट्रममा पुगेका लिङ्देनले राजीनामा दिएका हुन्।

संसदको चुनाव लागिसके पनि भत्ताका लागि सांसद भइरहन आफ्नै नैतिकताले नदिएको उनले बताए।

मंसिर ४ गतेपछि पनि संसदको आयु लम्बाउने तयारी भएपछि राजीनामा दिन बाध्य भएको बताए।

उनले भने, ‘व्यक्तिगतरूपमा म चाहिँ अब संसदमा आउँदिन । पार्टीको अध्यक्ष पनि छु । सानो पार्टीको अध्यक्ष हुनुको नाताले आउँदो चुनावमा संसदमा प्रभावकारी आफ्नो उपस्थिति बनाउनका लागि जनताको बीचमै जानका लागि बेसी समय खर्च गर्नुपर्छ । त्यस कारणले भत्ता पकाउनका लागि मात्रै संसद् आउन छोडेको पनि थिएँ । संसद्को आयु मङ्सिर ४ गतेपछि पनि कायम राख्ने भन्ने ढङ्गको निर्णय गर्ने प्रक्रिया सुरु भएको हुँदा त्यसले मलाई असाध्यै लज्जित र दुखित तुल्यायो । संसद् पद त्यागेको यहीँबाट घोषणा गर्न चाहन्छु।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ