पूर्वमन्त्री खगराज अधिकारी मुख्यमन्त्री बन्न प्रतिनिधिसभा छोडे

पूर्वमन्त्री खगराज अधिकारी मुख्यमन्त्री बन्न प्रतिनिधिसभा छोडे

Khagaraj-Adhikari

File Photo

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ‘हेभिवेट’ नेताले पनि मुख्यमन्त्रीको बन्ने आसमा प्रदेशसभा रोजेका छन् । गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने इच्छाका साथ एमाले स्थायी कमिटी सदस्य, पूर्वगृहमन्त्री खगराज अधिकारीले प्रदेशसभा रोजेका हुन् ।

उनले आगामी निर्वाचनमा प्रदेशसभाबाट चुनाव लड्ने आंकाक्षा देखिएका छन् । प्रदेश सभातर्फ कास्की क्षेत्र १ (क) चुनाव लड्ने इच्छा व्यक्त गरेका हुन् । हाल जापान भ्रमणमा रहेका अधिकारी नाम कार्यकर्ताहरुले प्रदेश सभामा टिपाएका हुन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले अधिकारीको नाम सिफारिस गरेको निर्वाचन क्षेत्र समन्वय कमिटी संयोजक पुष्पराज सुवेदीले जानकारी दिए।

उनीसँगै टीकाराम पंगेनी, विष्णु पुन र तिलकुमारी थापाको नाम सिफरिस भएको छ। अधिकारीलाई मुख्यमन्त्रीका प्रबल दाबेदारको रुपमा हेरिएको छ। अधिकारी अहिले संघीय सांसद छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds