काठमाडौं । भारतमा बस दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु भएको छ।
दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइते मध्ये ६ जनाको अवस्ता चिन्ताजनक रहेको छ।
रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक शनिबार बिहान ट्रकले ठक्कर दिएको थियो।
घाइतेको बाराबंकी जिल्ला अस्पताल र लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
गोवा जाँदै गर्दा युपी९३बि.टि. ९९४४ नम्बरको डबल सिटे बसको टायर पन्चर भएपछि सडक छेउमा रोकेर चालकले टायर फेर्दै थिए। त्यसैबेला पछाडीबाट ट्रकले ठक्कर दिएको टाइम्स अफ इन्डियाले जनाएको छ।
बसमा करिब ६० जना नेपाली मजदुर रहेको बताइएको छ।
सम्बन्धित खबर
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते