एकै परिवारका तीन जनाको हत्या

एकै परिवारका तीन जनाको हत्या

Hatyaa

सांकेतिक तस्विर

उदयपुर । उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ।

बेलका नगरपालिका– ७ गोवाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र उनीहरूका १२ वर्षका छोरा सुजन बस्नेतको हत्या भएको प्रहरीले जनाएको छ।

हत्यालगत्तै फरार रहेका आरोपित ४० वर्षीय नरबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीका अनुसार आरोपितले राजकुमारलाई खेतीमा जाँदै गरेको अवस्थामा चौबाटे कुलो र आमा–छोरालाई स्थानीय बबिङ खोलामा खुकुरी प्रहार गरी हत्या गरेको हो।

घटनाको कारणबारे केही खुलेको छैन।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ