काठमाडौँ। कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार अपराह्न कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको हो। शुक्रबार अपराह्न साढे ४ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर यस वर्षको कक्षा १२ को नतिजा प्रकाशन गरिएको हो ।
बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो। यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनै पर्छ । त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।
परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए।
कसरी हेर्ने ?
नतिजा नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । बोर्डको आफ्नै वेबसाइटमा गएर पनि नतिजा हेर्न सकिनेछ । https://neb.ntc.net.np/ मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर हेर्न सकिनेछ ।
त्यस्तै, आईभीआर सिस्टम ल्याण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै, १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।
सम्बन्धित खबर
प्रतिभाका विद्यार्थीबीच ‘सीमसार बहस’
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
पृथ्वीनारायण क्याम्पसका प्रमुख प्राडा पाठकले पदभार ग्रहण गरे
कक्षा १० को परीक्षा प्रदेशमा हस्तान्तरण गर्छौं : शिक्षामन्त्री भट्टराई
प्याब्सन दिवसमा शान्ति निकेतनकी अदितिसँगै १७ जना सम्मानित
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार दीक्षित
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो