पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक ६ घण्टापछि खुल्यो

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक ६ घण्टापछि खुल्यो

mugling-road

चितवन । पहिरोले अवरुद्ध भएको ६ घण्टापछि नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ।

भरतपुर महानगरपालिका वडा नं. २९ केराबारीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो।

गएराती साढे २ बजे खसेको पहिरो बिहान साढे ८ बजे पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरोका कारण जाममा परेका सवारी साधनहरु पहिरो पन्छाएपछि गन्तव्यमा लागेका छन्।

सवारी साधनहरूलाई लेन अनुशासन पालना गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोधसमेत गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ