रियो दि जेनेरो, ब्राजिल । अर्बुद रोगबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ । क्यान्सरविरुद्ध संघर्षरत ८१ वर्षीय उनले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै प्रशंसकहरूलाई आश्वस्त पारेका छन् ।
सामाजिक सञ्जालमा श्रीमती मार्सिया आओकीसँग मुस्कुराइरहेको तस्बिर सार्वजनिक गर्दै उनले सबैलाई धन्यवाद भनेका छन । आफ्ना समर्थक एवम् प्रशंसकहरूका स्नेहपूर्ण सन्देशका निम्ति आभार व्यक्त गर्दै उनले आफ्नो स्वास्थ्य राम्रो रहेको र त्यसप्रति आफूले ध्यान दिएको उनले सञ्जालमा उल्लेख गरेका छन् ।
विश्वकप फुटबल प्रतियोगितामा ब्राजिललाई तीन पटक प्रथम स्थानमा पु¥याउन सफल गत वर्षदेखि अर्बुदरोगबाट पीडित छन। उनले शरीरबाट ट्युमर हटाएपछि साओ पाउलोको अस्पतालमा केमोथेरापि गराइरहेका थिए । पिसाब नलीमा सङ्क्रमण देखिएपछि उनी दुई साताभन्दा बढी समय अस्पताल भर्ना भएका हुन् ।
विश्वका उत्कृष्ट फुटबलर पेलेले आफ्नो जीवनको २१ वर्ष फुटबल खेलमा व्यतित गरेका थिए । एक हजार तीन सय ३६ वटा व्यावसायिक स्पर्धामा उनले एक हजार दुई सय ८१ गोल गरेर विश्व कीर्तिमान कायम गरेका छन्।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो