मेयर बालेनविरुद्ध अवहेलनाको मुद्दा, ३ दिनभित्र जवाफ दिन सर्वोच्चको आदेश

मेयर बालेनविरुद्ध अवहेलनाको मुद्दा, ३ दिनभित्र जवाफ दिन सर्वोच्चको आदेश

Balen-Shah

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई तीन दिनभित्र जवाफ पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

थापाथलीस्थित नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको भन्दै महानगरले हटाउन दिएको निर्देशनविरुद्ध दायर रिटमा अदालतले संरचना तत्काल नहटाउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

अदातलको आदेशपछि बालेनले अदालतविरुद्ध अभिव्यक्ति दिएका थिए । अदालतविरुद्ध टिप्पणी गरेसँगै बालेनविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो ।

महानगर प्रमुखको यस्तो अभिव्यक्तिपछि अधिवक्ता दीपकराज जोशीले मेयर शाहविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर गरेका थिए । सोमबार रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले ३ दिनभित्र जवाफ दिन बालेनका नाममा आदेश जारी गरेको हो ।

बालेनले सामाजिक सञ्जालमा – ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’ लेखेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds