पोखरा-३२ स्थित शहरी स्वास्थ्य केन्द्रलाई राप्रपा कास्कीकाे अक्सिजन कन्सन्ट्रेटर सहयाेग

पोखरा-३२ स्थित शहरी स्वास्थ्य केन्द्रलाई राप्रपा कास्कीकाे अक्सिजन कन्सन्ट्रेटर सहयाेग

300351479 (1)

पाेखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कास्कीले पोखरा-३२ मालेपाटन स्थित शहरी स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

आईतबार आयोजित एक कार्यक्रम बीच राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले पोखरा-३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्की र शहरी स्वास्थ्य केन्द्र प्रमुख ज्ञान प्रसाद भट्टराईलाई सामग्री हस्तान्तरण गरेका थिए।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या बढ्दै गरेको अवस्थामा बिरामीलाई थप अक्सिजन प्रदान गर्ने अक्सिजन कन्सन्ट्रेटरको आवश्यकता पर्ने भएकाले जनताको स्वास्थ्यलाई मध्यनजर राख्दै अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको कास्की अध्यक्ष नारायण गुरुङले बताए। उनले पार्टीले महामारी देखिनै कास्कीका विभिन्न पालिका र वडाका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रमा यस्ता सामाग्री वितरण गर्दै आएको र त्यसैको निरन्तरता अनुरुप पोखरा-३२ मा पनि हस्तान्तरण गरिएको बताए।

हस्तान्तरण कार्यक्रममा स्थानिय, जनप्रतिनिधि सहित पार्टीका नेताहरुको समेत उपस्थिति रहेको थियो। अमरधन स्मृति प्रतिष्ठानका हङकङ निवासी अध्यक्ष त्रिलोक गुरुङको सौजन्यमा पार्टीले कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो।

पार्टीले २ दिन अगाडि मात्रै कास्की अन्नपुर्ण गाउँपालिकामा समेत कन्सन्ट्रेटर हस्तान्तरण गरेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ