भारतमा कानुन विपरित बनाइएको ट्विन टावर केही सेकेण्डमै ध्वस्त पारियो

भारतमा कानुन विपरित बनाइएको ट्विन टावर केही सेकेण्डमै ध्वस्त पारियो

india-tower-768×430

काठमाडौं । भारतको नोयडामा रहेको ट्विन टावर भत्काइएको छ । कानुन विपरित बनाइएको भन्दै अदालतले १०३ र ९७ मिटर अग्ला दुई भवनलाई भत्काउन आदेश दिएको थियो ।

नोएडाको सेक्टर ९३ मा रहेको भवन आज दिउँसो स्थानीय समय अनुसार साढे २ बजे भत्काइएको हो ।

भवन ध्वस्त पार्नका लागि ३७ सय किलो बारुदको प्रयोग गरिएको भारतीय सञ्चारमाध्यमरुले जनाएका छन् । भवन केही सेकेण्डमा ध्वस्त भएको थियो ।

सुपरटेक ट्विन टावर भत्काउनका लागि ९ हजार ६ सय ४० स्थानमा प्वाल बनाएर बारुद भरिएको थियो । उक्त भवन भत्काउन १७.५५ करोड भारतीय रुपैयाँ खर्च भएको अनुमान गरिएको छ ।

टावर भत्किएसँगै धुलोले उक्त क्षेत्र ढाकेको थियो । विस्फोट स्वीच थिचेर गरिएको थियो । त्यसअघि साइरन बजाइएको थियो । भवन भत्काएपछिको धुलोको कणले २/३ सम्म प्रभाव पार्ने जनाइएको छ ।

टावर भत्काउँदा लागेको खर्च बिल्डर कम्पनी सुपरटेकले नै व्यहोर्ने छ ।

यी दुई टावारमा ९५० फ्ल्याट रहेका थिए । यो टावर बनाउनका लागि २ सय देखि ३ सय करोड भारतीय रुपैयाँ खर्च भएको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ