लायन्स क्लब अफ पोखरा समृद्धिद्वारा मानव सेवा आश्रममा सहयोग

लायन्स क्लब अफ पोखरा समृद्धिद्वारा मानव सेवा आश्रममा सहयोग

pokhara samriddhi

पोखरा । लायन्स क्लब अफ पोखरा समृद्धिले बुबाको मुख हेर्ने दिन (कुशे औँशी) को अवसरमा बाबियाचौर, हेम्जा स्थित मानव सेवा आश्रममा सहयोग गरेको छ ।

आश्रममा आश्रित करिव १०० जना बुबाहरुलाई शनिबार खाना खुवाउने कार्यक्रम आयोजना गरेको हो । लायन देवी श्रेष्ठको अध्यक्षता तथा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५के का डिस्ट्रिक ट्रेजर मदन कुमार मुल्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा डिस्ट्रिक्ट रिपोर्टिङ्ग डिपार्टमेन्ट चिफ शलबी बाँस्तोला मर्सानी, कार्यक्रम संयोजक एओजी कुस्मा राणा, जोन चियर पर्सन रेबिका कायस्थ श्रेष्ठ, डिस्ट्रिक्ट अफिसर रजनी श्रेष्ठ, मानव सेवा आश्रमका जिल्ला संयोजक मनिकला लगायत लायन्सकर्मीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम क्लबका सेकेन्ड भीपी प्रमिला जोशीले सञ्चालन गरेकी थिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ