अर्जुन प्यानलको घरदैलो चाउथेबाट

अर्जुन प्यानलको घरदैलो चाउथेबाट

301203991_1224106078382813_6663562594828807342_n

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औं महाधिवेशनका लागि प्यानल सहित उम्मेद्वारी घोषणा गरेका अर्जुन पोखरेल नेतृत्वको समूहले चाउथेबाट घरदैलो सुरु गरेको छ ।

उम्मेद्वारहरु सहितको टोलीले खसीबजार र आसपासका क्षेत्रमा व्यवसायीसँग भेटेर भोट अपिल गरेका थिए । उनीहरुले व्यवसायीका समस्या बुझ्दै आफ्नो समूहले चुनाव जिते सबै समस्या समाधान गर्न लागि पर्ने बताए । ‘व्यवसायीका हक हित र अधिकारकै लागि यो समूह बनेको हो ।

समूहले चुनाव जितेपछि उद्योगी व्यवसायीका यावत् समस्या समाधान गर्ने छौं,’ अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले भने, ‘उद्योग वाणिज्य संघको विरासत कायम गर्दै थप परिस्कृत गर्नका लागि हाम्रो समूह आएको छ ।’ उनले आफ्नो समूहमा लामो समय विभिन्न संघ संस्था र उद्योग वाणिज्य संघमा समेत काम गरिसकेका उम्मेद्वार भएकाले उद्योगीका समस्यासँग नजिक रहेको बताए । ‘समस्या धेरै छन् । सरकारसँग पहल गर्नुपर्नेदेखि हामी भित्रै सम्बोधन गर्नुपर्ने विषय पनि छन्,’ उनी भन्छन्, ‘संघलाई सम्मानित बनाउने र व्यवसायीलाई समुन्नत बनाउन दिनरात खट्ने छौं ।’

पदाधिकारी र सदस्य सहितको उपस्थितिमा भएको घरदैलोका क्रममा उद्योगी व्यवसायीहरुले पोखरेलको समूह सक्रिय युवाहरु सम्मिलित भएकोले भरोसा बढेको प्रतिक्रिया दिए । ‘पहिले पनि सक्रिय युवाहरुलाई हामीले सहयोग गरेका हौं । अहिले पनि युवाहरुको समूहलाई भोट दिन्छौं,’ खसीबजारमा ब्यवसाय गर्दै आएका विष्णुहरी न्यौपानेले भने, ‘अबको पालो युवाको हो । परिवर्तन युवाले नै गर्न सक्छन् । हामी युवाको साथमा छौं ।’ मत माग्न जाने क्रममा उम्मेद्वारसँग मतदाताहरुले आफ्ना समस्या सुनाएका थिए । बैंकले ब्याज बढाएको देखि सरकारले बढी कर लिएकोसम्म उनीहरुको गुनासो छ । उम्मेद्वारहरुले कर कम गर्नका लागि अहिले देखि नै पहल भैरहेको र बैंकको ब्याज बढाएको बारेमा समेत ध्यानाकर्षण भएको बताएका छन् । उनीहरुले वर्षेनी बढ्ने ब्याजलाई निरुत्साहित गर्न सरोकारवालासँग पहल भैरहेको बताए ।

पोखरेलको प्यानलले उद्योग वाणिज्य संघलाई बहुतले बनाएर किसान बजार चलाउने देखि भवनबाट आम्दानी गर्ने योजना ल्याएको छ ।

अन्तराष्ट्रिय संघ संस्था र नेपाल मै खुलेका उद्योग र व्यवसायसँग सम्बन्धित संघ संस्थासँग सहकार्य गर्ने, पोखरामा लगानीमैत्री वातावरण सिर्जना गर्ने, सरकार र नागरिकबीचको पुलका रुपमा काम गर्ने लगायत प्रतिबद्धता पोखरेल समूहको छ । उनको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् ।

यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिसकेका छन् । शनिबार चाउथे सहित काहुँखोला, मियाँपाटन, गौंडाको मुख क्षेत्रमा घरदैलो गरिएको महासचिव उम्मेद्वार केशवबहादुर खत्रीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds