काठमाडौं । निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरलाई भेटेर २१ हजार रूपैयाँ फिर्ता गरेकी छन्। करिश्माले आफ्नो छोरालाई किनिदिएको चश्मा पनि उनले फिर्ता दिइन्।
निहारिका गत असारमा पहिलोपटक अनशन बस्दा करिश्माले उनलाई २० हजार रुपैयाँ सहयोग दिएकी थिइन्। तर, दोस्रोपटकको अनशनमा भने करिश्माले आफूले गरेको सहयोगप्रति पछुतो व्यक्त गरेकी छन्। उनले निहारिकाको निजी तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएकी थिइन्।
करिश्माले आफ्नो अनुमतिविना तस्वीरहरू सार्वजनिक गरेकोमा निहारिका उनीसँग क्रोधित छिन्। आफ्नो गोपनियता उल्लंघन र चरित्रहत्या गरेको आरोपमा करिश्मामाथि उजुरीसमेत दिने उनको तयारी छ। उजुरी दिनुपूर्व उनले करिश्माबाट पाएको सहायता फिर्ता गरिदिएकी हुन्।
निहारिका रकम फिर्ता गर्न गोदावरीस्थित करिश्माको घरमा पुगेकी थिइन्। तर त्यहाँ नभेटेपछि उनी करिश्मा सहभागी भएकी कार्यक्रममा पुगिन्।
निहारिकाले रकम फिर्ता गर्दा करिश्माले लिन मानेकी थिइनन्। तर निहारिकाले मलाई तपाईंको दया चाहिएको छैन भन्दै फिर्ता गरिदिइन्। करिश्माले पनि मैले दुःख गरेर कमाएको रकम हो, गलत काममा प्रयोग भएन भन्दै स्वीकार गरेकी छन्।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन