पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. ७, छाचोक स्थित शुभकामना क्लवको आयोजनामा महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पाँचौ तीज मेला २०७९ हुने भएको छ ।
विगत केही वर्ष कोभिड १९ को कारणले सम्पन्न हुन नसकेको मेला यस पटक विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरी गर्न लागेको क्लबले जनाएको छ । आगामी भाद्र १४ र १५ गते तीजका दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुका साथ मनारञ्जनात्मक कार्यक्रम, वडा स्तररिय भलिवल प्रतियोगिता, तीज गीत प्रतियोगिता, छेलो आदिका सहित आयोजना हुन लागेको कुरा क्लबका अध्यक्ष दिपक शाहीले जानकारी गराए ।
मेला सम्पन्न गराउनको लागि समाजसेवी रामचन्द्र सापकोटाको मूल संयोजकत्वमा मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरुको गठन गरिएको छ ।
पोखराबाट करिब १० कि.मि. उत्तर पूर्वी भागमा रहेको मादी गाउँपालिका, वडा नं. ७ (साविक सिल्दुजुरे गा.वि.स. वडा नं. ९) कास्की जिल्ला, गण्डकी प्रदेशमा रहेको छ । यो गाउँको पुर्वमा थुमाकोडाँडा, पश्चिममा मौजा, दक्षिणमा कालिकास्थान र उत्तरमा थाक गाउँ र सिक्लेस रहेका छन् । २०७३ सालमा स्थापना भएको यस क्लबले यस क्षेत्रको विकासको लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
विगतका वर्षहरुमा जस्तै संस्कृतिको जगेर्ना र खेलकुदको विकास गर्ने उद्देश्यका साथ पाँचौं तीज मेला २०७९ आयोजना हुने कार्यक्रमहरुमा विजयी टिमहरुलाई उत्कृष्ट पुरस्कारहरुको व्यवस्था गरिएको छ । भलिबलमा बिजयी हुने टिमलाई नगद ३० हजारका साथ प्रमाण पत्र र मेडल, तीज गीत प्रतियोगितामा बिजयी हुनेलाई १० हजार र प्रमाण पत्र प्रदान गरिने क्लबले जनाएको छ ।
सम्बन्धित खबर
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने