नक्सा मागेपछि अफिस गएँ, नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँः मेयर बालेन

नक्सा मागेपछि अफिस गएँ, नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँः मेयर बालेन

Balen

काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सले बनाएका अवैध संरचनामा डोजर लगाएको छ। बिहीबार दिउँसो डोजरले अवैध संरचना भत्काउनुअघि मेयर बालेन शाह अल्फाबिट कम्प्लेक्समा पुगेका थिए।

अल्फाबिटाका द्विराज शर्मासँग मेयर शाहको भनाभन परेको थियो। सञ्चालक शर्माले अवैध भन्नुअघि भवनको नक्सा देखाउनु पर्ने बताएका थिए। मेयर शाह ‘तपाईंको घरको नक्सा मसँग हुन्छ’ भन्दै झोक्किएका थिए।

शर्मासँग भनाभन भएपछि बालेन सोझै महानगर कार्यालय आएका थिए। कार्यालयमा आएर अल्फाबिटाको नक्सा र डोजर लिएर उनी दिउँसो फेरि अल्फाबिटामा पुगे। अल्फाबिटामा उनले उपस्थित पत्रकारहरूलाई नक्सा देखाए। त्यसपछि डोजरले अवैध संरचना भत्कायो।

अल्फाबिटाको अवैध संरचनामा डोजर चलाएपछि शाहले फेसबुक स्टाटस लेख्दै आफूले केही नबिराएको बताएका छन्। उनले लेखेका छन्- उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ। अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफैं बुझेर अवैधानिक रूपमा बनाइएको संरचना हटाइदिनु होला। नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनु होला।

 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ