बौद्धमार्गी नेवार समुदायले आज पञ्चदान पर्व मनाउँदै

बौद्धमार्गी नेवार समुदायले आज पञ्चदान पर्व मनाउँदै

panchadan

काठमाडौं । बौद्ध संस्कृतिअनुसार आज बिहीबार नेवार समुदायले पञ्चदान पर्व मनाउँदै छन्।

पञ्चदान पर्व नेपाल संवत् तिथि बमोजिम गुंलागा त्रयोदशीका दिन मनाइन्छ।

यस दिन आँगन, वहाः, वहीमा दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाई चुडाकर्म गरेका शाक्य, बज्राचार्य र बुद्धाचार्यलाई चामल, धान, गहुँ, नुन, सानो केराउ, कालो भटमास, कुचो, तेल, खीर, दूध, दक्षिणा आदि दान गरिन्छ।

एक दिनअघि बुद्ध प्रतिमा र दान दिइने वस्तु घरको कोठामा जम्मा पारिन्छ। यसरी दान गरिने वस्तु राखिएको ठाउँलाई दानशाला भनिन्छ।

पञ्चदान लिने र दिने दुबैलाई पुण्य र भविष्यमा निर्वाण प्राप्त हुने विश्वास गरिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ