पौडी खेल्ने क्रममा शिक्षकको मृत्यु

पौडी खेल्ने क्रममा शिक्षकको मृत्यु

death body

लम्जुङ । लम्जुङको मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा पौडी खेल्ने क्रममा एक शिक्षकको मृत्यु भएको छ।

मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आएका पोखरा महानरपालिका–३२ का ४५ वर्षीय बाबुराम अधिकारीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

मंगलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका अधिकारी बुधबार बिहान तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित धारापानीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

उक्त शव दमौली अस्पतालमै परीक्षण गरी आफन्तलाई बुझाइएकोे प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ