बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Gold sun

पोखरा । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज बुधबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ।

बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ रहेको छ।

यसैगरी बुधबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ।

चाँदी आज प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds