नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रघाती भन्नु बेइमानी हुने बताएका छन्। उनले नेकपा एमालेतर्फ लक्षित गर्दै नागरिकता विधेयकबारे गलत प्रचार गरिरहेको आरोप लगाए।
‘नागरिकता विधेयक राष्ट्रघाती भन्नु बेइमानी र अनैतिक अरू केही हुन सक्दैन,’ चितवनको भरतपुर विमानस्थलमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेशका रूपमा जे लगिएको थियो त्यही विधेयकका रूपमा अहिले लगेको हो।’
उनले नागरिकता विधेयकको विरोध गर्नु पाखण्डबाहेक केही हुन नसक्ने बताएका थिए। ‘अध्यादेशका रूपमा ओलीले जे लगेका थिए त्यही विधेयकका रूपमा संसदमा ल्याउँदा राष्ट्रघाती भन्नु बेइमानी र अनैतिकताबाहेक अरू केही हुन सक्दैन,’ उनले भने।
प्रतिनिधि सभाबाट दोस्रोपटक नागरिकता विधेयक पारित भएको थियो। पहिलोपटक नागरिकता विधेयक दुवै सदनबाट पारित गरेर राष्ट्रपतिकहाँ पठाए पनि राष्ट्रपतिले पुन: संसदमै फिर्ता गरेकी थिइन्।
यसैबीच प्रचण्ड वन मन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई लिएर चितवन पुगेका छन्। मन्त्रीहरू सहित प्रचण्ड चितवनको माडी जाने कार्यक्रम छ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने