काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका दुई नेपाली युवाको मृत्यु भएको छ। काम गर्ने क्रममा रुकुम चौखाबाङ–४ का राहदानी नम्बर १०५२१९२६ भएका ३३ वर्षीय प्रेम बहादुर खड्काको स्क्याफोल्डीङबाट खसेर घटनास्थलमै मृत्यु भएको हो।
मृतक खड्का कुवेतको अल सागर कम्पनीमा करिब तीन वर्ष अघि पुगेको भए पनि पछिल्लो एक वर्षदेखि पुरानो कम्पनीबाट भागेर अर्को युइसीसी कम्पनीमा अवैधानिक तरिकाले काम गर्दै आएका थिए।
गत १४ अगष्टमा काम सुरु हुने बित्तिकै स्क्याफोल्डिङबाट खसेर उनको मृत्यु भएको हो। मृतकको शव फरेन्सिक डिपार्टमा रहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाइने कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ।
यसैगरी, कुवेतमा बारा सिमरा घर भएका जीवन लामाको पनि मृत्यु भएको छ। लामाको हिजो मंगलबार कुवेतको आदान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
लामाको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासले पाएको भन्दै उनको शव पनि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ। २०१७ मा कुवेत पुगेका मृतक लामा पनि आफू कार्यरत कम्पनी छाडेर अवैधानिक तरिकाले अन्य कम्पनीमा कार्यरत रहेको बताइएको छ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन