राष्ट्रवादी श्रमिक महासंघका संयोजक किरण देउवाले आफूहरुको माग महानगरपालिकाले सम्बोधन नगरेको खण्डमा थप आन्दोलन चक्राउने चेतावनी दिएका छन्।
आज बिहान काठमाडाैँ महानगरपालिका कार्यलय अगाडि नाराबाजीका क्रममा उनले आफ्नो माग राख्दै एक हप्तासम्म आफ्नो माग पूरा नभए महानगरपालिकामा ढुंगा र लाठी प्रहार गर्न बाध्य हुने बताएका हुन्।
‘सडकमा व्यापार व्यवसाय गर्ने व्यापारीहरुलाई राज्यले की व्यवस्थापन गर्नुपर्छ की त व्यवसाय गरेर बस्न दिनुपर्छ। देउवाले भने – ‘उहाँहरु (फुटपाथ व्यापारी)ले आफ्नो काम गरेको हो तर उहाँहरुले आफ्नो श्रीमतीको लागि आफ्नो छोराछोरीको लागि सडक व्यापारीको सामान लैजाने गर्नुभयो।’
‘यो कस्तो सरकार हो, यो कस्तो महानगरपालिकाको नियम हो। खाली ठाउँमा काम गरेर खान त देउ, की त महानगरपालिकाले व्यवस्थापन गर। यदी हाम्रो माग महानगरपालिकाले सम्बोधन नगर्ने हो भने यसको मूल्य बालेनले चुकाउनुपर्छ। एक हप्तादेखि हामी बालेनलाई भेट्न खोजी रहेका छौँ तर बालेन हाम्रो समस्या सुन्ने समय नै छैन भने बालेनले सुन्ने कस्को समस्या हो? दलालहरुको हो?’ थप देउवाले भने, ‘सडकमा फोहोर उठाउँछु भन्ने गफ लगाउने फोहोर गनाइरहेको छ। यदी बालेनको यो काम हो भने बालेनले राजीनामा दिएर महानगरले अर्को चुनाव गर्नुपर्छ। यो समस्या आजको होइन धेरै वर्षदेखि चलिआएको हो तर यो भन्दा पहिला महानगरपालिकाले निश्चित समय तोकेर व्यवसाय गर्न दिएको थियो तर अहिले त्यो प्रवाधान रहेको छैन।’
देउवाले आज हामी महानगरको गेटमा आफ्नो माग राख्दै शान्ती र प्रेम पूर्वक उभिएकाे बताउँदै माहानगरले एक हप्तासम्म माग पूरा भएन भने यही ठाउँमा ढुंगा र लाठी प्रहार गर्न बाध्य हुने चेतावनीसँगै सिंहदरवारको गेटसम्म जाने बताए।
‘की काम गरेर खान देउ होइन भने सडकमा व्यापार गर्न देउ। कहिले फुटपाथलाई मेट्ने कहिले फुटपाथको पसल हटाउन लगाउने यही हो महानगरको विकास यही हो भने बालेनलाई हामीले फेरी हामीले एक पटक औलाँ ठडाँएका छौँ।’ उनी आक्रोश हुँदै भने, ‘यो कदापी गर्न मिल्दैन हामी फुटपाथ व्यापारीलाई काम गरेर खान दिनुपर्छ। यदी व्यवस्थापन गर्ने सकिंदैन भने लखेट्ने मात्र त होइन सही विकल्प के त? बानेश्वरमा राख्न मिल्दैन, कालिमाटीमा राख्न मिल्दैन भने खाली ठाउँमा राख्न दिनुस्।’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते