काठमाडौं । रूससँगको युद्धमा हालसम्म आफ्ना ९ हजार सेनाको मृत्यु भएको युक्रेनले जनाएको छ।
झन्डै ७ महिनादेखि चलिरहेको युद्धमा ९ हजार सेनाको ज्यान गएको युक्रेनी सेनाका कमाण्डर इन चीफ जनरल भ्यालेरी जालुज्नीले घोषणा गरेका हुन्।
उनले युद्धका कारण बालबालिकाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने अवस्था आएको समेत बताएका छन्।
रुसले भने युद्धको पहिलो महिना १३ सय ५१ रुसी सेनाको मृत्यु भएको बताएको छ। रुसले थप विवरण सार्वजनिक भने गरेको छैन। अमेरिकी सैन्य अधिकारीहरुले भने रुसी सेनातर्फ ७० देखि ८० हजार सैनिकमा क्षति पुगेको दावी गरेको छ। यो तथ्यांकमा युद्धमा मृत्यु भएका र अंगभंग भएका रुसी सैनिकहरुलाई समावेश गरिएको छ।
यस्तै, संयुक्त राष्ट्रसंघले युक्रेनमा रुसी आक्रमणका क्रममा ५५ सय बढी सर्वसाधारण नागरिकको मृत्यु भएको जनाएको छ । साथै ७८ सय बढी नागरिक घाइते भएको राष्ट्रसंघले अनुमान गरेको छ । संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले ९ सय ७२ युक्रेनी बालबालिका युद्धको शिकार भएको पुष्टि गरेको छ ।
यसैबिच, युक्रेनले भोलि आफ्नो ३१औँ स्वतन्त्रता दिवस समेत मनाउँदैछ । दिवसका अवसरमा ठूला आक्रमणका घटना हुनसक्ने आशङ्कामा पर्सि बिहीबार बिहानसम्म सामूहिक कार्यक्रम गर्न रोक लगाइएको छ। देशको दोस्रो ठूलो सहर खार्किभमा आज बेलुकादेखि कर्फ्युको घोषणा गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो