पोखरा। पोखराको लेखनाथमा शङ्कास्पद बस्तु भेटिएको छ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको बिहानै पोखरा महानगरपालिका -२६ बुढी बजारमा शङ्कास्पद बस्तु फेला परेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले गण्डक न्युजलाई बताए।
तिवारीका अनुसार अहिले उक्त स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको र उक्त शङ्कास्पद बस्तु बम हो या होइन भन्ने यकिन गर्ने काम भइरहेको उनले बताए।

यता, पोखरामा बन्दको प्रभाव न्यून देखिए पनि लामो दूरीका सवारी भने चलेका छैनन्। लामो दूरीका सवारी नचल्दा यात्रुहरू अलपत्र अवस्थामा चोक तथा यात्रु प्रतीक्षालयमा कुरिरहेका देखिन्थे।
सडक र गाडी चलाउन समस्या नहोस् भन्नका लागि सडकमा बिहानैदेखि सुरक्षाकर्मी खटिएका छन् । अहिले पोखरामा दुई पाङ्ग्रे तथा निजी कार सामान्य रुपमा चलिरहेका छन् । भने, छिटफुट रुपमा पसलहरु खुलेका छन्।
सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज बन्द आह्वान गरेको छ । बन्दलाई अरू साना तीन दलले पनि समर्थन गरेका छन् ।
सम्बन्धित खबर
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने