भारतमा बाढी–पहिरोका कारण २२ जनाको मृत्यु, ४ लाख नागरिक प्रभावित

भारतमा बाढी–पहिरोका कारण २२ जनाको मृत्यु, ४ लाख नागरिक प्रभावित

Badhi

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा बाढी पहिरोबाट २२ जनाको मृत्यु भएको छ। दर्जनौं मानिस बेपत्ता भएका छन्।

बाढीमा हराइरहेकाहरुको खोजी भइरहेको र ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

बाढीका कारण झण्डै ४ लाख नागरिक प्रभावित भएका छन्।

गत शुक्रबारदेखि निरन्तर परेको वर्षाका कारण हिमाञ्चलसहित उडिसा र झारखण्डमा पनि बाढी–पहिरोले क्षति गरेको हो।

भारी वर्षाका कारण जम्मुकश्मिरको वैष्णेदेवी तथा बद्रि केदारका तीर्थ यात्रा पनि अवरुद्ध भएका छन्। बद्रि केदार जाने सडकहरुमा ब्यापक पहिरो जाँदा यात्रा केही दिन अवरुद्ध हुने जनाइएको छ।

वर्षा प्रभावित राज्यहरुमा साढे ७ सय बढी सडकमा क्षति पुगेको र आपूर्ति व्यवस्था समेत अवरुद्ध भएको जनाइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ