पोखरा । नेकपा एमाले धादिङ पोखरा सम्पर्क मञ्चले मोटरसाइकल र्याली निकालेको छ । साधारणसभाको पूर्वसन्ध्या एवं राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक पुनः जस्ताको तस्तै संसदबाट पारित गरेर नालायक काम गरेको भन्दै मञ्चले मोटरसाइकल र्याली निकालेको हो ।
मञ्चका सल्लाहकार गोकर्ण अधिकारीका अनुसार एमाले कास्कीको पार्टी कार्यालय, नयाँबजारबाट सुरु भएको र्याली महेन्द्रपुल, नदिपुर, बगर हुँदै विन्ध्यवासिनी निस्केर जिरो, हल्लनचोक भएर लेकसाइड पार गर्दै पृथ्वीचोक हुँदै नयाँबजार फर्किएको थियो । दर्जनौंको सहभागिता रहेको उनले जनाए ।
त्यसपछि आयोजित पत्रकार सम्मेलनमा शनिबार हुँदै गरेको मञ्चको ११ औं साधारणसभा तथा तीज विशेष एवं चेलीबेटी भेटघाट कार्यक्रमबारे जानकारी दिइयो ।

मञ्चका अध्यक्ष शेरबहादुर अधिकारीले भोलिको कार्यक्रमको सबै तयारी पूरा भएको बताए । अधिकारीले तीज विशेष कार्यक्रम विगतमा पनि गर्दै आएकोले यस पटक पनि निरन्तरता दिएको बताए ।
उनका अनुसार कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्न नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे, धादिङका सांसद तथा नेताहरु पोखरा आउँदैछन् । पार्टीको कास्की जिल्ला कमिटि र पोखरा महानगरका नेतृत्व पनि कार्यक्रममा सहभागी हुनेछन् ।
निवर्तमान अध्यक्ष एवं कार्यक्रम संयोजक वीरबहादुर थापाले धादिङ घर भई पोखरामा स्थायी तथा अस्थायी बसोबास गरिरहेका एक हजार बढी एमालेको विचार बोकेका धादिङबासी भोलि कार्यक्रममा सहभागी हुने बताए । कार्यक्रम नयाँबजारस्थित तमु धिं नेपालको सभाहलमा हुनेछ ।
संस्थापक अध्यक्ष कृष्णबहादुर लम्सालले २०५४ सालमा स्थापना गरेको मञ्च आज यो अवस्थामा आइपुग्दा खुशी लागेको बताए । पूर्व अध्यक्ष बेनी पाठकले अझै धेरै सदस्यहरु संगठित गर्ने कार्यमा लागिपरेको बताए । उनले कार्यक्रम आसन्न संघीय र प्रदेशसभाको निर्वाचनको तयारीको रुपमा लिन सकिने बताए ।
मञ्चका उपाध्यक्ष योगप्रसाद सापकोटा (नवराज) ले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सरोज कुँवरले गरेका थिए ।
सम्बन्धित खबर
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने