काठमाडौं । हराएको नागरिकता दुरूपयोग गर्दै कम्पनी खोलेर ठगी गर्ने गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर मध्येपुर ठिमी नगरपालिका-९ का सुरेश भन्ने २८ वर्षीय प्रदिप कर्मचार्य, मुगु खत्याड गाउँपालिका-११ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने २४ वर्षीय बिशाल कार्की र मुगु खत्याड गाउँपालिका-८ का २१ वर्षीय रामकृष्ण रावत रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट जारी भएको एक पुरूषको हराएको सक्कल नागरिकताको दुरुपयोग गरी २०७८ मंसिर २८ गते ज्ञानेश्वरमा एभरेष्टलिंक ईन्टनेशनल एजुकेशन प्रालि नामको प्राईभेट कम्पनी दर्ता गरेको, सेञ्चुरी तथा कुमारी बैंकमा खाता खोलेको र बैदेशिक रोजगारीमा रसिया पठाई दिने प्रलोभनमा पारी पीडित व्यक्तिको नामबाटै अन्य व्यक्तिलाई ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
उनीहरूमध्ये प्रदिप उक्त कम्पनीको सिइओ, विशालले पीडितको नाममा बैंकमा खाता खोलेको र रामकृष्णले सहजकर्ताको भूमिका निर्वाह गरेको खुल्न आएको छ ।
उनीहरूलाई ठगी सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

सम्बन्धित खबर
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
स्वास्नी पाउन नसकेको थारो भनेपछि काकाकाकीको हत्या
पेस्तोल तथा गोलीसहित दुई भारतीय पक्राउ
अवैध सुनचाँदी कारोबार गर्ने ४ जना भारतीय नागरिक पक्राउ
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन