मानिसबाट कुकुरमा सर्‍यो मंकीपक्स, सचेत हुन डब्लूएचओको अनुरोध

मानिसबाट कुकुरमा सर्‍यो मंकीपक्स, सचेत हुन डब्लूएचओको अनुरोध

monkeypox

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्सबाट सङ्क्रमित व्यक्तिहरूलाई जनावरसँगको सम्पर्कबाट जोगिन आह्वान गरेको छ।

गत हप्ता मेडिकल जर्नल द ल्यान्सेटमा मंकीपक्स मानिसबाट कुकुरमा सर्ने पहिलो केस रिपोर्ट गरेपछि डब्लूएचओले मंकीपक्सबाट सङ्क्रमित व्यक्तिहरूलाई जनावरसँगको सम्पर्कबाट जोगिन आह्वान गरेको हो।

फ्रान्सको राजधानी पेरिसमा सँगै बस्ने दुई जना पुरुषबाट र उनीहरूका इटालियन कुकुरमा मंकीपक्स सरेको थियो। मानवबाट जनावरमा सर्ने यो पहिलो घटना हो।

मानिसबाट जनावरमा मंकीपक्स संक्रमण सरेसँगै डब्लूएचओले सावधानी दर्साउन सबैलाई आग्रहसमेत गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ