रवी लामिछानेको पार्टीले प्रदेश चुनाव नलड्ने

रवी लामिछानेको पार्टीले प्रदेश चुनाव नलड्ने

काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनमा भाग नलिने भएको भएको छ ।

४ मंसिरमा भएको निर्वाचनमध्ये संघीय चुनावमा मात्र पार्टीले भाग लिने अध्यक्ष लामिछानेले बताएका हुन् ।

भिडियो सन्देश जारी गर्दै लामिछानेले ‘यस पटकको निर्वाचनमा पार्टीले प्रदेश तहमा सहभागी नहुने निर्णय भएको बताए । संघीय तहमा भने प्रत्यक्ष र समानुपातिक निर्वाचनमा सहभागी हुने उनको भनाइ छ ।

उनले यही संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनुबाहेक केही नभएको जिकिर गरे । प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी निर्वाचन आयोगलाई गराइएको पनि उनले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ