‘फुडगञ्ज’ अब पोखरामा पनि

‘फुडगञ्ज’ अब पोखरामा पनि

foodgunj

पोखरा । अनलाइन फुड डेलिभरी कम्पनी फुडगञ्जले स्थापनाको छोटो समयमा नै केन्द्रीय कार्यालय काठमाडौं सहित ललितपुर र नेपालगञ्जमा शाखा विस्तार गरी सेवा दिँदै आइरहेकोमा अब पोखरामा पनि शाखा खोली सेवा विस्तार गरेको छ ।

कम्पनीका सञ्चालक समितिका सदस्य पूर्ण बहादुर रानाले शाखाको उद्घाटन गरे । पोखराका ग्राहकहरूलाई मध्यनजर गरी कम्पनीले पहिलो महिना १५–२५% सम्म क्यासब्याकका साथै फ्रि डेलिभरीको विशेष छुट दिने कम्पनीका प्रबन्ध निर्देशक सुरज थापा मगरले बताए ।

साथै, उपत्यकाभित्र बिहान ३ बजेसम्म र नेपालगञ्जमा बेलुका १० बजेसम्म सेवा दिँदै आइरहेकोमा पोखरामा पनि बेलुका १० बजेसम्म सेवा दिने थापा मगरले जानकारी दिए ।

ग्राहकप्रति समर्पित भई सेवालाई थप छिटो र छरितो बनाउँदै अबको केहि महिना भित्र नै पोखरालाई लक्षित गरी फुड डेलिभरीसँगै अन्य थप फरक खालको सेवा पनि उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ