बञ्चरेडाँडामा तनाव, प्रहरीले गर्‍यो हवाई फायर

बञ्चरेडाँडामा तनाव, प्रहरीले गर्‍यो हवाई फायर

hawae-fire

काठमाडौं । काठमाडौंबाट फोहोर लिएर गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि धादिङ–नुवाकोटको सीमाना बञ्चरेडाँडामा तनाव भएको छ।

फोहोर बोकेर गएका गाडीहरु रोक्न स्थानीयले गुलेलीबाट ढुङ्गा हान्न थालेपछि प्रहरीले हवाई फायर गरेको छ।

स्थानीयको अवरोध खुलाउन प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको हो।

प्रहरीमाथि नै ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरिएको प्रहरीको भनाइ छ।

स्थानीयहरुले विभिन्न माग राखेर उपत्याकाको फोहोर फाल्न अवरोध गर्दै आएपछि फोहोर बोकेका गाडीहरुको सुरक्षाका लागि प्रहरी खटाइएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ