पोखराका पूर्व मेयर जिसी आइसियूमा, मेयर आचार्यले भेटे

पोखराका पूर्व मेयर जिसी आइसियूमा, मेयर आचार्यले भेटे

gc hospital

पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसी अस्वस्थ भएपछि अस्पतालमा भर्ना भएका छन् । जिसी अहिले फेवासिटी हस्पिटलकाे आइसियू कक्षमा उपचाररत छन् ।

सोमबार बेलुका अकस्मात् छातीमा समस्या देखिएपछि उनलाई फेवा सिटी भर्ना गरिएको हो । मुटुमा समस्या भने नरहेकाे डा. बुद्धिबहादुर थापाले जानकारी दिए । पूर्व मेयर जिसीमा ग्यास्ट्रिक लगायतका अन्य समस्या देखिएकोले सोहिअनुसार उपचार भइरहेको डा. थापाले बताए । डा. थापाका अनुसार जिसीलाई आज साँझ नै डिस्चार्ज गर्ने सम्भावना रहेको छ ।

यसैबीच, महानगरका मेयर धनराज आचार्यले अस्पतालमा पुगेर पूर्व मेयर जिसीकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds