कास्कीकोटमा शनिबार दहीको होली

कास्कीकोटमा शनिबार दहीको होली

kaskikot dahiko holi pic 01

पोखरा । श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा पोखरा २४ कास्कीकोटमा दहीको होली खेलीने भएको छ।

यही भाद्र ४ गते शनिबार श्रीकृष्ण रथ यात्रा तथा दही जात्राको आयोजना गरेको गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितीले जनाएको छ।

गत वर्षहरुमा कोरोना कहरका कारण रोकीएको दहि जात्रा यस पटक विभीन्न सांस्कृतिक झाँकी बाजा गाजा सहित जात्रा गरीने समितीका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए।

विगत ६ वर्ष देखि कार्यक्रमको आयोजना गर्दै आइरहेको जात्रा संयोजक ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिए। भजन चुटका तथा विभिन्न झाँकी सहित कार्यक्रममा सहभागी हुन सबैलाई क्षेत्र विकास समितिले आह्वान गरेको छ।

सहभागी उत्कृष्ठ समुहहरुलाई पुरस्कारको व्यवस्था समेत गरीएको आयोजकले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ