नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम आजदेखि

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम आजदेखि

Nepal and Us Army

काठमाडौँ । नेपाली सेना र अमेरिकी सेनाबीचको एक महिने संयुक्त तालिम आजदेखि सुरु हुँदैछ।

३९औँ संस्करणको एक्स–ब्यालेन्स नेल नामक तालिम आगामी भदौ ३१ गतेसम्म हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाका अनुसार, २०६० सालदेखि नै नेपाली सेना र अमेरिकी सेनाबीच सञ्चालन हुँदै आएको तालिम रक्षा मन्त्रालयको स्वीकृतिमा सञ्चालन हुन लागेको हो। संयुक्त तालिममा नेपाली सेनाका ८० तथा अमेरिकी सेनाका १६ जना सहभागी हुनेछन्।

द्वन्द्वका समयमा कानुन कार्यान्वयन तथा सैनिकको निर्णय प्रक्रिया लगायतका विषयमा केन्द्रित रही तालिम छाउनी र नगरकोटमा हुनेछ।

तालिमका लागि क्याप्टेन ब्लाक डुक्याटेलको नेतृत्वमा आवश्यक सैन्य सामग्रीसहित अमेरिकी सेनाको टुकडी नेपाल आइसेकेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ