पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले नयाँबजार बहुउद्देश्यीय सामाजिक भवन निर्माणले स्थानीयलाई सहजता मिल्ने बताएका छन् । पोखरा महानगरपालिका वडा नं ८ दमकलमार्गमा निर्माण भएको सामाजिक भवनको उद्घाटन उनले सामाजिक तथा धार्मिक लगायतका कार्यक्रमहरुका लागि सहज बनेको बताए ।
भवनको मन्त्री थापासँगै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् । भवन निर्माणमा मन्त्री थापाले व्यक्तिगत ३ लाख तथा उनका परिवारले पनि सहयोग गरेको छ । ‘पोखरा ८ नयाँबजार दमकल मार्गमा निर्माण भएको बहुउद्देश्यीय सामाजिक भवनले स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने जनताहरुलाई लाभ मिल्नेछ । ’मन्त्री थापाले भने ।
भवन परिसरमा निर्माण भएको शिव र सरस्वतीको मन्दिरले उक्त ठाउँको महत्वलाई दर्शाउने थापाले बताए । समाजमा रहेका विकृति विसंगति न्यूनिकरण गर्दै समुन्नत, परिस्कृत र सुसभ्य सहितको आधुनिक समाज निर्माणमा सबैको पहलकदमी हुनुपर्ने आवश्यकतलाई जोड दिँदै उनले कला, संस्कृति, भाषा, धर्म तथा परम्पराको संरक्षण सम्बद्र्धमा सरस्वती मन्दिर बहुउद्देश्यीय सामाजिक भवन निर्माण समिति लाग्ने विश्वास पनि लिए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर र दमकलमार्गबासीमा हिजो देखिएका तिक्ततालाई मेट्दै जाने प्रतिबद्धता व्यक्त गरे । मेयर आचार्यको यो भनाई दमकलमार्गमा स्थापना हुने भनिएको प्रशासनिक भवनको सन्दर्भमा हो । महानगरको मूख्य भवन बनाउन शिलान्यास पनि भइसकेको अवस्थामा नयाँबजारका केही स्थानियका कारण महानगर पछि हटेको छ ।
मेयर आचार्यले नयाँबजारमा स्थापना गरिएको बहुउद्देश्यीय सामाजिक भवन सामाजिक तथा धार्मिक प्रयोजनका लागि उपयोगमा आउने विश्वास लिए । मेयर आचार्यले भवन विभिन्न सामाजिक परम्परा तथा सांस्कृतिक विविधताले भरिपूर्ण समाजका गतिविधिहरु तालिम तथा सेमिनार, भेला तथा शिविर सञ्चालनका लागि उपयोगी बन्ने धारणा प्रस्तुत गरे । टोल, समाज र वडाको विकासमा महानगर सँधै साथमा रहेको भनाई उनको भनाइ थियो ।
पोखरा महानगरपालिका वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले आफ्नो वडामा स्थानीयको पहलमा सामाजिक भवन निर्माण हुनु आफैमा महत्वपूर्ण भएको उल्लेख गरे । उनले स्थानीयका सोच र विचार सँगै वडा साथमा रहेको भनाई राखे । अध्यक्ष बरालले आफू सँधै वडा विकासको पथमा लम्किरहेको र स्थानीयका समस्यालाई समाधान गर्न पहलकदमी गरिरहेको बताए ।
सरस्वति मन्दिर निर्माण उपसमितिकी अध्यक्ष राधा थापाले एतिहासिक मान्यता बोकेको दमकल मार्गको अस्तित्व जोगाउन मन्दिरको स्थापना गरिएको बताइन् । उनले मन्दिर लगायत सामाजिक भवन निर्माणमा सहयोग गर्ने संघ, प्रदेश र स्थानीय सरकारलाई आभार व्यक्ति गरिन् ।
कार्यक्रममा नयाँबजार बहुउद्देश्यीय सामाजिक भवन निर्माण मूल समितिका कोषाध्यक्ष पूर्ण बहादुर राना मगरले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरे । उनका अनुसार सामाजिक भवन निर्माणमा २ करोड ६ लाख ३७ हजार ६ सय ५१ रुपैयाँ खर्च भएको छ । २ करोड १९ लाख ४३ लाख २ सय ८२ आम्दानी हुँदा बैंक मौज्दात १३ लाख ६१ हजार १ सय ४१ रहेको जानकारी उनले गराए ।
महासचिव धिरज थापाले समितिले गरेका कार्यहरुको बारेमा बताएका थिए । राम बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी शोभा दिदी लगायतले बोलेकी थिइन् ।
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर