काठमाडौं । भारतको राजस्थानमा शिक्षकको कुटाइबाट एक दलित विद्यार्थीको मृत्यु भएको छ।
राजस्थानको जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयका दलित समुदायका एक ९ वर्षीय (बालक) विद्यार्थीले शिक्षकका लागि राखिएको माटाको भाँडाको पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा उनको मृत्यु भएको हो। विद्यार्थीको मृत्यु भएपछि स्थिति तनाव ग्रस्त बनेको छ।
ती विद्यार्थीका अभिभावक र राजस्थानका दलित समुदायका बासीन्दा आक्रोशित बनेका छन् । प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाई मुद्दा दायर गरिएको छ। प्रहरीका अनुसार परिवारको उजुरीमा शिक्षक विरुद्ध एससीएसटी ऐन र धारा ३०२ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
उक्त घटना जुलाई २० मा भएको थियो। शिक्षकको कुटाइबाट आँखा र कानमा गम्भीर चोट लागेका बालकलाई उपचारका लागि करिब ३०० किलोमिटर टाढा अहमदाबाद लगिएको थियो । बालकको उपचारको क्रममा अस्पतालमा हिजो शनिबार मृत्यु भएको हो। द्वन्द्व चर्किने आशंकामा उक्त क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ।
यसैबीच राजस्थानको मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। परिवारलाई जतिसक्दो चाँडो न्याय सुनिश्चित गरिने पनि मुख्यमन्त्री अशोकले बताएका छन्। मुख्यमन्त्री राहत कोषबाट परिवारलाई ५ लाख भारतीय रुपैयाँ राहत स्वरुप उपलब्ध गराइने पनि उनले बताएका छन्।
सम्बन्धित खबर
दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु
अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध विरोध प्रदर्शन
भारतीय चलचित्र अभिनेता मनोज कुमारको निधन
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीसँग आज भेटवार्ता
बिम्स्टेक शिखर सम्मेलन सुरू, सँगै उभिए ओली र मोदी
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर