काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने ‘गाईजात्रा’ पर्व आज (शुक्रबार) विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा नगर परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरी मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास समेत रहेको छ। राजा प्रताप मल्लले पुत्रशोकले बिह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ–आफ्नो घरका दिवंगत व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु भन्ने आदेश दिएको आधारमा यो पर्व सुरू भएको ऐतिहासिक तथ्य रहेको छ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलसम्म पनि जारी रहेको छ। आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ। सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको समेत आयोजना हुने गरेको छ।
गाईजात्रा पर्व काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ।
सम्बन्धित खबर
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
धर्म, अध्यात्म र साधना असल संस्कार र संस्कृतिका निर्माताः प्रदेश प्रमुख भट्ट
नेपालकै पहिलो नवग्रह मन्दिर अर्जुनचौपारीमा बन्यो
आज माघ शुक्ल पूर्णिमाः स्वस्थानी व्रत समापन गरिँदै
आज श्रीपञ्चमी पर्व, वसन्त श्रवण र सरस्वती पूजा गरिँदै
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन