वालिङमा पूर्व वडाध्यक्ष श्रेष्ठ मृत फेला

वालिङमा पूर्व वडाध्यक्ष श्रेष्ठ मृत फेला

Basanta-Shrestha

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्व वडाध्यक्ष बसन्त श्रेष्ठ मृत फेला परेका छन्।

आज बिहीबार बिहान ७ बजेतिर वालिङ– १३ गाहाखोलाबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा स्कुटीसँगै लडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

ग १६ प ५४६१ नम्बरको स्कुटर बाटोको छेउमा र ५५ वर्षीय श्रेष्ठ कुनामा उत्तानो अवस्थामा मृत फेला परेको प्रहरी प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, ‘ल्गमयल’नामको सेतो रङको किटनासक विषादीको खोलिएको डिब्बा स्कुटर नजिक भेटिएको थियो।

स्थानीय तह निर्वाचन २०७४ मा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ