पोखरा । पोखरा बाहेक अनेत्र कुनै पनि ठाँउमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत प्याराग्लाईडिङ खेल संचालन नगर्न खेलाडीहरुले चेतावनी दिएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित छलफल कार्यक्रममा प्याराग्लाईडिङका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले सुरक्षा सहित अन्य कारणले गर्दा पोखरा भन्दा अनेत्र उक्त प्रतियोगिता संचालन गरे बहिष्कार समेत गर्ने चेतावनी दिएका हुन्।
पोखरामा साहासिक खेल प्याराग्लाईडिङको लागि विश्वकै उत्कृष्ट ५ मध्यको एक मा पर्ने चर्चा चलेका बेला उक्त प्रतियोगिता अनेत्र लैजान नहुने पदकधारी खेलाडी विजय गौतमले बताए । उनले भने “केही व्यक्तिहरुले स्याङजाको स्वरेकमा हुनुपर्छ भन्ने कुरा पनि आएको छ तर यस खेल संचालन गर्दा जति सक्दो सुरक्षित र प्राबिधिक हिसावले पनि नेटवर्क भएको स्थानमा गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो ।” कुनै कारणवश दुर्घटना भएमा पोखरा बाहेक अनेत्र उक्त प्रतियोगिता हुदा समयमै खेलाडीहरुको उद्धारमा प्रमुख समस्या हुने, खानापान र होटल आवासमा समेत अर्को समस्या हुने भएको अर्को प्याराग्लाईडिङ खेलाडी रविराज दर्लामी मगरले बताए । पोखरामा ताल माथि, पोखरामा केही धानखेतका फाँटहरु समेत भएकोले गर्दा आपतकालीन अबस्थामा प्याराग्लाईडिङ अवतरण गर्न सहज हुने उनले जनाए ।

प्याराग्लाईडिङ पाइलट क्लबका अध्यक्ष विमल पहारीले स्वरेकमा ठुला ठुला पहाड र हावाको चाब बढी हुदा नेटवर्कमा समेत समस्या हुने उद्धारमा ७,८ घण्टा भन्दा बढी समय लाग्ने हुदा पोखराको बिकल्पनमा अनेत्र प्याराग्लाईडिङ प्रतियोगिता हुन कठिन हुने बताए । प्रशिक्षक एवं हवाई खेलकुद संस्था नाका पूर्व अध्यक्ष समेत रहेका योगेश भट्टराईले पोखरा भन्दा बाहिर जुन सुकै ठाँउमा लगे पनि अहिलेको अबस्थामा अन्य ठाँउ प्याराग्लाईडिङको उपयुक्त स्थान नहुने दाबी गरे । यदि कसैले पोखरा बाहिर उक्त प्रतियोगिता हुने कुरा गरेमा आफुहरुसंग तथ्यका आधारमा बहस गर्न उनले चुनौती दिए ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत खेल मैदान व्यबस्थापन उपसमिति संयोजक एवं राखेपका सदस्य राजेश कुमार गुरुङले कुनै पनि प्रतियोगिता संचालनको लागि सुरक्षा पहिलो प्रथामिकतामा रहने त्यसमा खेलाडीहरुले बिरोध गरेका स्थानमा खेल संचालन गर्न आफुले सिफारिस नगर्ने बताए । अबको केही समयमा ३६ खेलहरु कहाँ कहाँ हुने त्यसको टुंगो लगाउने अन्तिम तयारी भएको उनले जनाए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते